गोर्खा अनलाइन रेडियो यूके.
गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सदस्यता दर्ता संख्या हालसम्मकै इतिहासमा सबैभन्दा बढि संख्या कायम भएको छ । सम्भवत बेलायत गैरआवासीय नेपाली संघका विश्वभर छरिएर रहेका ८० राष्ट्रीय समिति मध्यकै एनआरएन यूके विश्वमै ठूलो राष्ट्रीय समिति बन्न सफल भएको छ । ३१ जुलाईका दिनलाई अन्तिम समयसीमा निर्धारित गरिए अनुसार साँझ ८ बजेसम्म दर्ता सदस्य संख्या १३ हजार ८ सय ९० पुगेको छ । उक्त संख्या अनलाइन मार्फत गरिएका आवेदन तथा एनआरएन यूकेले निर्धारण गरेको कागजी फारम सहित भएको गैर आवासीय नेपाली संघ यूके निर्वाचन प्रमुख आयुक्त मे. (रि) डमर घलेले जानकारी दिए ।
सदस्यता प्रमाणीकरण र सदस्यता दर्ता प्रक्रियाको काम अगष्ट १ तारिखबाट शुरु हुनेछ । आवश्यक कागजात तथा रीत नपुगेका फारमहरुको लागि सम्बन्धित व्यक्तिहरुलाई एक पटक सम्पर्क गरिने बताइएको छ । आवश्यक प्रक्रिया पूरा गरिसकेपछि प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । गैर आवासीय नेपाली संघ यूकेको निर्वाचन सम्पन्न गर्न प्रमुख आयुक्त मे. रि. डमर घले, सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठ, सचिव नरेश खपांगीमगर, कोषाध्यक्ष दूत पुन र आयुक्तहरु कर्ण शाही, चिरन्जिवी ढकाल, राष्ट्र राई, श्री लिम्बु, श्रीमति प्रा. डा. सुमाया राई, राजु कंडेल, विकास रडपाइली, नेम थापा र मे. रि. कृष्णबहादुर गुरुङ रहेको एक निर्वाचन मण्डल गठन गरिएको छ ।
एनआरएन यूकेको आउँदो अधिवेशन १० अगस्त र निर्वाचन १४ सेप्टेम्बेरका दिन अल्डरसटस्थित एम्पाएर हलमा हुने तय भएको छ । एनआरएन यूकेमा पहिलो पटक एनसीसी यूकेको साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्यान्ड र इंग्ल्याण्डको निर्वाचन सेप्टेम्बर १४ तारिख एकैसाथ हुने भएको छ । यसपटक सन् २०१९-२०२१ का लागि गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) मा हालसम्म अध्यक्ष पदका प्रत्यासीहरुमा बर्तमान उपाध्यक्षहरु शेर सुनार, शुशिला राई, प्रेम गाहामगर, पुनम गुरुङ र ललित न्यौपाने मैदानमा छन् ।
एनआरएनए यूकेको सदस्य दर्ता संख्यामा व्यापक वृद्धि
एनआरएनए यूकेको सदस्य दर्ता संख्यामा व्यापक वृद्धि
तपाईको प्रतिक्रिया





