धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

काठमाडौं। धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा बुधबार पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने औशत नै रह्यो । स्टकका अनुसार बुधबार १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये विकास बैंकको शेयर ०.८४ अङ्कले ओरालो लाग्यो । स्टकका अनुसार बैंकिङ २.०३, व्यापार ३.२२, होटल ५.७३, जलविद्युत् ०.१७, वित्त २.२२, निर्जीवन बीमा ५३.९६, उत्पादन १३.३२, अन्य २.२८, लघुवित्त ५२.४५, जीवन बीमा ४६.५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले वृद्धि भएको छ ।

कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ८४ लाख २० हजार ७२२ मा खरीद बिक्री भए । कृषि विकास बैंकको शेयर रु एक करोड ८३ लाख ८५ हजार ७१९, प्रभु बैंक रु एक करोड ५० लाख १२ हजार ५२, युनाइटेड इन्स्योरेन्स कम्पनी रु एक करोड ३८ लाख ४२ हजार ३६५ र शिवम् सिमेन्टको शेयर रु एक करोड २७ लाख ९३ हजार ४६० मा खरीद बिक्री भए ।

बढेको बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए । त्यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ३.९२, सिर्जना फाइनान्स ३.७७, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २.०२ र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीले १.८८ प्रतिशतले गुमाए ।

सिभिल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १०÷१० प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था ९.९९ तथा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९५÷९.९५ प्रतिशतले गुमाए ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित