गोर्खा अनलाइन रेडियो यूके,
आज श्रवण महिनाको १५ गते खीर खाने दिन भएकोले दुग्ध पदार्थबाट तयार गरिएको खीर खाएर सबैले श्रावण पन्द्र मनाइरहेका छन । हाम्रो परम्परा अनुसार नै असार पन्ध्रमा दही चिउरा र श्रावण पन्ध्रमा खीर खाने प्रचलन रहँदै आएको छ । प्राचिन रुढीवादी मात्र नभएर स्वास्थ्यको दृष्टिकोणले पनि यो प्रचलन लाभदायक देखिन्छ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाउन सकिन्छ भने साउन १५ मा विभिन्न मसालेदार खीर खाएर शरीरलाई सन्तुलित राख्न सकिन्छ ।
खीरमा मरिच, दाख, सुकेको नरिवल, दालचिनी, राखेर तयार गरिएको खीर नेपाली भूमिको लागि समयानुकुल रहने भएकोले स्वास्थ्यको लागि फाइदाजनक हुने र शरीरको तापक्रमलाई सन्तुलन राख्न मद्दत पुग्ने बताइन्छ । कतिपयले चामलको खीर मात्र नभएर सेवै,साबुदाना लगायत अन्य विभिन्न किसिमका परिकारहरु पनि आ-आफ्नै तरिकाले बनाएर खाने गरेको पाइन्छ । तस्विर माया केसी, सरु पौडेल
आज श्रावण पन्ध्र ‘खीर खाने दिन’
आज श्रावण पन्ध्र ‘खीर खाने दिन’
तपाईको प्रतिक्रिया