गोर्खा अनलाइन रेडियो यूके,
बेलायतस्थित डार्टफोर्ड नेपाली समाजको चौथो बार्षिक साधारण सभाद्वारा नयन कार्य समितिको चयन गरेको छ । नवगठित कार्यसमितिमा गजेन कटुवाल निर्विरोध निर्वाचित भएका छन् । कटुवालको संयोजकत्वमा गठित १६सदस्यीय कार्यसमितिमा निम्न व्यक्तिहरुको सहभागीता रहेको छ ।
अध्यक्ष – गजेनकटुवाल
उपाध्यक्ष – भरतलामिछाने/ महिलाउपाध्यक्ष- आशाफेराली
महासचिव – लेखनाथखरेल
सचिव – धनक्षेत्री
कोषाध्यक्ष – हरीहाडखले
सदस्यहरुमा –
गोरख कार्की
धुर्ब पौडयाल
मीरा घले
प्रमिला नेपाल
भगवती पांडे घिमिरे
पारिजात पाठक
माधब पराजुली
पवन श्रेष्ठ
प्रकाश थापा
सांस्कृतिकसंयोजक – सुनिताथापा
करीब १५० जना उपस्थित रहेको उक्त साधारण सभामा संस्थाका पूर्व उपाध्यक्ष गीता गुरुंगको स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक थापाले नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद सहितको शुभकामना मन्तब्य प्रकट गर्नुभएको थियो, उक्त सधारण सभामा वार्षिक प्रतिबेदन महासचिव बेद भट्टराई तथा आर्थिक प्रतिबेदन सरिता ढकालले प्रस्तुत गर्नु भएको थियो ।
चरणबद्ध रुपमा सम्पन्न कार्यक्रममा बिभिन्न मनोरंजनात्मक खेल तथा बिबिक्यू समेत आयोजना गरिएको थियो ।
संस्थाका सल्लाहकार चंडिका भट्टको संयोजकत्वमा अन्य पांच सल्लाहकार नैनसिंगगुरुंग, डा. बच्चूकैनी, नारायण भट्टराई र राजेश पाठकसहितको निर्वाचन समितिले निर्वाचन कार्यक्रम संपन्न गराएको थियो ।
नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले आफ्नो मन्तब्यमा संस्थाले आगामी दिनमा ठोस रुपमा नियमित भेटघाटको अलावा ४ वटा बिशेस क्षेत्रमा ध्यान दिएर काम गर्ने बताउनुभयो जस्मा-
१.संस्थाको सदस्यता / डाटा तथा सूचना अद्यावधिक गर्ने ।
२.डार्टफोर्ड आसपासका ब्यवसायिक तथासामुदायिक नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व सहितको लूजसंगठन निर्माणमा पहल गर्ने जसबाट नेटवर्किंग तथा समयसापेक्ष्य बहसमा योगदान दिन सकियोस,
३.संस्थाको हालसम्मको गतिबिधिलाई समेटेर सामाग्री प्रकाशन गर्ने जसले गर्दा आगामी पिढीलाई हिजोको उपलब्धि रेखांकित रुपमा हस्तांतरण गर्नसकियोस,
४. जिम्मेवार र सबैले आफ्मो संस्था हो भन्ने भावनाको अभिबृद्धिका लागि काम गर्ने
कार्यक्रमको अन्तमा सबैमा धन्यबाद सहित कार्यक्रम सम्पन्न भएको थियो ।





