काठमाडौं। प्रधानमन्त्री केपी स्वाथ्य परीक्षण गराउन सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली यही साउन १८ गते सिंगापुर जाने उच्च स्रोतले जनाएको छ।
यसै हप्ता पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो। नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने अवस्थाका प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भएयता पहिलो पटक स्वास्थ्य परीक्षणका लागि देश बाहिर जानु लागेका हुन्। उनले राजधानी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उपचार गराएका थिए।
यद्यपी प्रधानमन्त्री ओलीको स्वाथ्यबारे प्रधानमन्त्रीको सचिवालयले भने कुनै औपचारिक जानकारी दिएको छैन । ओली सिंगापुर र अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि दुबई जाने भएका छन्। दुबै अध्यक्ष देश बाहिर जाने भएकाले लामो समयका लागि पार्टी सचिवालय बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जानकारी दिए।
डिसी नेपाल





