काठमाडौं । अवैध लागूऔषधसहित कौशलटारबाट २ जना पक्राउ परेका छन्।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारबाट काठमाडौं बालुटार बस्ने २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका ४ झौखेल बस्ने २५ वर्षीय शम्भू गोलेलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३० पिस सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा बा ९२ प ४७५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका १७ बस्ने २८ वर्षीय बिमल श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ ग्राम र लुप्रिजेसिक ९ एम्पुल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले को ३३ प ६६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





