हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रण, दुई करोडको क्षति

भद्रपुर । विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा शनिबार साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छ तलाको उक्त व्यापारिक भवनमा भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा लिइएको बताए।

विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको प्रजिअ दाहालले बताए। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्तरुपमा परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं नायब प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनले आगलागीमा कुनै मानवीय क्षति नभएको र पहिलो तलामा रहेको एरिक जुत्ता पसलको एसी मेसिनमा विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए । विर्तामोडको मुक्तिचोकमा रहेको छ तले उक्त व्यापारिक भवनमा विराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई वटा बैंक, दुई वटा डिपार्टमेन्टल स्टोरसहित व्यापारिक पसल र होटल रहेका छन्।

आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ। आगलागीमा पसलको करीब रु दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले पसल धनीको भनाइलाई उद्धृत गर्दै बताए।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित