सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका २६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा ३ जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन गई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा वारपाक सुनिकोट गाउँपालिका ५ बस्ने २३ बर्षीय मनोज कुमार खड्काको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार रहेका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको हो।

पाल्पा, तिनाउँ गाउँपालिका ३ श्रीडाँडा ढुंगाखानीस्थित लु ४५ प ७८१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३१ बर्षीय चालक बुद्ध बहादुर दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको छ।

लमजुङ, मर्स्याङ्दी गाउँपालिका(४ च्याम्चेस्थित सडकमा ग १ ज ६७८६ नम्बरको बलेरो जिप सडकबाट बुधबार राति करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तनहुँ व्यास नगरपालिका दमौली बस्ने करिब ३५ बर्षीय धन बहादुर आचार्यको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित