पाल्पा : तिनाउ गाउँपालिका ३ श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना भएको हुँदा एकको मृत्यु भएको छ। बिहीबार खानीबाट श्रीडाडाँतर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक तिनाउ गाउँपालिका ३ का ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो।दुर्घटनामा घाइते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अन्नपूर्ण पोष्ट





