घरमा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं । घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ।

धादिङबेँसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

नीलकण्ठ नगरपालिका–३ एमालेचोकका चोकनारायण श्रेष्ठले गत असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालयमा सामान खोजी गर्न निवेदन दिएका थिए।

श्रेष्ठको निवेदन र जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा मोबाइल र अन्य सामाग्री निरन्तर हराइरहेका भन्ने प्रहरीमा आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नीलकण्ठ–४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन्। प्रहरीले मोबाइल चोरको सुराकीका आधारमा सुन्दासको कोठा खानतलासी गरेपछि चोरी गरेर राखेका सामग्री फेला पारेको थियो।

उनीहरुका साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, दुई खुकुरी, दुई ढलौटका लोटा, १४ ढलौटका कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मङ्गलसुत्र र माला प्रहरीले बरामद गरेको छ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित