Breaking News
Home > Blog > तिलाठी-कोइलाडी गाउँपालिका कार्यालय डुबानमा

तिलाठी-कोइलाडी गाउँपालिका कार्यालय डुबानमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

राजविराज । बिहानदेखिको निरन्तर वर्षाका कारण स्थानीय खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा परेको छ।

अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ। जिल्लाको सप्तकोशी, खाडो, महुँली, जीता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च देखिएको छ।

सो गाउँपालिकाको करीब ८५० सय घरसमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छौँ। गाउँपालिकाको करीब ६५ प्रतिशत भू–भाग डुबानमा परेको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1