काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभा बैठकको अवरोध हटाई सहज रूपमा बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, नेकपाका सचेतक शान्ता चौधरी, राजपाका अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग छुट्टाछुट्टै भेट गरेका हुन्।
संसदलाई सहज रूपमा अघि बढाउन सहमतिका लागि सभामुखले प्रयास जारी राखेका छन्। मंगलबार भएको छलफल सकारात्मक भएको र सहमतिमै सदन सुचारू हुने सभामुख महराको विश्वास छ।
भोलि बिहान ११ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ। संसद बैठक १ बजे बस्नेछ।
डिसी नेपाल





