प्योङयाङ। उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन्।
उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ। यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ।
केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पु-याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए।
नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताएका थिए।
डिसी नेपाल





