गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । लन्डनको ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा आउंदो अगष्ट ११ तारिखका दिन पहिलोपटक ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता- २०१९’ को आयोजना गरिने भएको छ । उक्त प्रतियोगिता साउथहलको लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा हुने आयोजकले शनिबार सांझ डेनहमस्थित मंक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत बताएको छ । पत्रकार सम्मेलनमा टुर्नामेन्ट डिरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डिरेक्टर सुनिल थापा, अपरेसन डिरेक्टर अभिषेक भट्टराई र टिम डिरेक्टर विक्रम गुरुङले खेलका विभिन्न पक्षबारे जानकारी दिएका थिए । सोहि कार्यक्रममा टिम ‘ड्र’ पनि गरिएको थियो । प्रतियोगिता हेर्नको लागि प्रवेश निशुल्क गरिने छ भने १५ देखि २५ सय सम्म दर्शकहरुको सहभागी रहने अपेक्षा गरिएको सुनिल थापाले बताए ।
बेलायतस्थित विभिन्न ६ वटा व्यवसायिक टिमबीच एकै दिन ८ ओभरको रोमाञ्चक खेल हुने टुर्नामेन्ट डिरेक्टर सिम्खडाले बताए । उनले आइसीसी मापदण्ड अनुरुप नै खेल खेलाइने र पर्याप्त सुरक्षा व्यवस्था पनि गरिने जनाए । प्रतियोगिताको अनुमानित खर्च १० हजार पाउण्ड हुने र बेलायतमा हुने नेपाली इभेन्टमध्यकै ठूलो राशीको हुने आयोजकले बताएका छन् । इभेन्ट डिरेक्टर सुनिल थापाले बेलायतमा रहेका युवा खेलाडीलाई प्रोत्साहन र उनीहरुको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले आफ्नो ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपटक हामीले यो खेल आंटेकाले चुनौतिपूर्ण पनि छ’, थापाले भने, ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ हुने हाम्रो विश्वास छ ।’
प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड
रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने आयोजकले जनाएका छन् । तस्विर शिव भण्डारी
लन्डनमा पहिलोपल्ट ब्रिटिश नेपलिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुँदै
लन्डनमा पहिलोपल्ट ब्रिटिश नेपलिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुँदै
तपाईको प्रतिक्रिया





