काठमाडौं । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिरक्षा बल (एनडिएफ) ले नेतृत्व गरेको सैनिक टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा तथा आतङ्वाद विरुद्धका साझा मुद्दामा सहकार्य गरेर जान सकिने बताउँदै भ्रमण टोलीको नेपाल बसाइ सुखद् होस् भन्ने कामना गरेको उनका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।
भ्रमण टोलीमा बङ्गलादेशका नेशनल डिफेन्स कलेजमा अध्ययनरत् १६ देशका सैनिक सहभागी रहेको जनाइएको छ।
डिसी नेपाल





