गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । पूर्वी नेपालको अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको वुल्भरह्याम्पटन सिटी काउन्सिलबीच बिहीबार भएको औपचारिक भगिनी सम्बन्धका उपलक्ष्यमा नेपाली दूतावास लन्डनद्वारा शुक्रबार साँझ एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विशेषगरि पूर्वी नेपालको झापा सेरोफेरोका लगायत अन्य विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सहाभागी हुनको लागि वुल्भरह्याम्प्टन सिटी प्रमुख क्लेयर डार्गे लगायत स्थानीय काउन्सिलका टोली नेपाली दूतावास आइपुगेको थियो ।
स्थानीय व्यक्तिहरुको पहलमा गरिएको यस किसिमको क्रियाकलापले सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटन हितलाई बढावा दिन र प्राविधिक सहयोगको प्रोत्साहन गर्ने महत्वपूर्ण भूमिका खेल्नेछ । कार्यक्रममा बोल्दै राजदूत सुवेदीले नेपालीहरुले सरलता इमान्दारिता र मिलनसारिता जोगाएर बसेको हेर्न चाहेको बताए, वुल्भरह्याम्प्टनमा बस्ने नेपालीहरुले त्याहाँ रहेका बेलायती नागरिकहरुसंग मित्रता, आत्मियता, सद्भावना,सहभावना र सहकार्य प्रदर्शन गरेको हुँदा नेपाल र नेपालीको नाम मान र शान बढेको विश्वास व्यक्त गरेका थिए ।
अर्जुनधारा र वुल्भरह्याम्प्टनबीचको भगिनी सम्बन्धले हाम्रो सम्बन्ध अझ सुदृढ र सुमधुर हुँदै जानेछ र यसको लागि त्यहाँका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी तथा बेलायतमा रहने झापा जिल्ला निवासी लगायत सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई राजदूत सुवेदीले हार्दिक बधाई ज्ञापन गरेका थिए । तेस्तै गरि अर्जुनधारा नगरपालीका मेयर हरिकुमार रानाले प्रवासमा बसेपनि नेपाललाई माया नमार्न आग्रह गर्दै सामाजिक सैक्षिक,प्राविधिक र आर्थिक विकासका लागि सहयोग पुर्याउन अनुरोध गरेका थिए ।
साथै नेपाल आउँदा एकपटक झापा जिल्लामा आउन समेत आग्रह गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाको बारेमा जानाकरी गराउनुका साथै विभिन्न क्षेत्रमा लगानी गर्नको लागि अनुरोध समेत गरिएको थियो भने लगानीकर्तालाई कर छुट समेत दिने नित्ति रहेको बताइएको थियो । प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल पनि मेयर रानासँगै लण्डन पुगेका थिए मेयर हरिकुमार रानाका साथमा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल पनि लन्डन आएका हुन् । कार्यक्रमममा उपस्थित सम्पूर्ण मेयर तथा उपमेयरको टोलीलाई लगायत कलाकारहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको थियो ।
साथै नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान एवम थ्री स्टार क्लबका कप्तान विक्रम लामालाई राजदूत सुवेदीद्वारा सम्मान तथा स्वागत गरिएको थियो । उपकप्तान लामाले राजदूत सुवेदीलाई नेपाल फुटबल लोगोसहितको टी-शर्ट उपहार स्वरूप प्रदान गरेका थिए । नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनद्वारा संचालित उक्त कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा विभिन्न खालका नेपाली धुन तथा सांगीतिक कोसेली प्रस्तुत गरिएको थियो ।
बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला





