जंगलमा ‘लुकाइराखेको’ भरुवा बन्दुक प्रहरीले भेट्टायो

बाजुरा : जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका–९ फडिल्लाको जंगलमा एक थान भरुवा बन्दुक फेला पारेको छ ।

शनीबार दिउसो प्रहरी नीरिक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले फडिल्ला बस्ती नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार जंगलमा बेवारिसे बन्दुक लुकाएर राखिएको अवस्थामा थियो । उक्त बन्दुक कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख भाटले बताए । बाली खान आउने जंगली जनावर तथा बाँदर धपाउन स्थानीयले लुकाएर राखेको हुनसक्ने भाटको भनाइ छ ।

मदिरा पनि बरामद

प्रहरी टोलीले फडिल्ला गाउँमा पाँच सय ६५ लिटर अवैध मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरी नष्ट गरेको छ । गाउँकै अगुवाहरुको रोहवरमा सोही ठाउँमा मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित