काठमाडौं । काठमाडौं महानगरपालिका २४ मख्खन गल्ली बस्ने सन्तोष रौनियारको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना २५ तोला, चाँदी २ केजी र नगद ५० हजार रुपैयाँ गरी करिब १९ लाख १० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार डेरा गरी बस्ने धादिङ निलकण्ठ गाउँपालिका १४ घर भएका ४५ वर्षीय रोशन तामाङको कोठाबाट विभिन्न कम्पनीका मोबाइल १२ थान र १ तोलाको सुनको बाला समेत गरि करिब १ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ।
यसैगरी काठमाडौं, गोकर्णेश्वकर नगरपालिका ५ जोरपाटी डेरा गरी बस्ने २८ वर्षीय जनक मगरको कोठाबाट सुनका गरगहना २ तोला र चाँदीका गरगहना ४ तोला समेत गरी करिब १ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ।
मोरङ, बिराटनगर महानगरपालिका १३ बस्ने राजेश कुमार गुप्ता घरबाट सुनका गरगहना ४ तोला, चाँदीका गरगहना ७० तोला र नगद २० हजार रुपैयाँ समेत गरी करिब ३ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





