गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड २०१९’ फाइनालिष्ट प्रतिष्ठा (तृष) राउतद्वारा शुक्रबार साँझ आयोजना गरिएको “मिस इंग्ल्याण्ड २०१९ फाइनालिष्ट प्रतिष्ठा राउत च्यारिटी डिनर” कार्यक्रम भव्य रुपमा सफल भएकोछ । ६ हजार पाउण्ड बराबरको रकम संकलन गर्ने लक्ष्य राखेकी प्रतिक्षाले १० हजार पाउण्ड रकम संकलन गर्न सफल भएकीछन् ।
च्यारिटी कार्यक्रमलाई संस्थागत रुपमा समेत क्षेत्री समाज बेलायत र इन्टेक १९८२ द्वारा सहयोग गरिएको थियो भने विभिन्न संघसंस्थाका पर्तिनिधी, समाजसेवी, व्यवसायी तथा व्यक्तिगत रुपमा समेत उत्साहजनक रुपमा सहयोग रकम संकलन भएको थियो । कार्यक्रमको संयोजनको भूमिका निर्वाह गरेका रामशरण सिम्खडाद्वारा आमन्त्रित विदेशबाट आएका एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा, एसिया प्यासिफिक रिजनल डेपुटी अर्डिनेटर बिमल कुँवर समेतले समेत दिल खोलेर सहयोगको प्रतिवद्धता गरेका थिए । कार्यक्रमको सफलताको लागि सहयोगी मनहरुलाई धन्यबाद दिंदै संयोजक रामशरण सिम्खडाले फेसबुक मार्फत भनेका छन्-
“मिस इंग्ल्याण्ड फ़ाईनलिष्ट प्रतिष्ठा राउतद्वारा आयोजित बिश्वभरी छरिएर रहेको दिमागी अवस्था अवस्थ रहेको बालबालिकाहरूको सहयोगार्थ हिजो लण्डन ह्यारोमा सम्पन्न एक भव्य र सभ्य च्यारिटी कार्यक्रमको संयोजनको थोरै जिम्मेवारीको साथ यो उचाई र १०औ हजार पाउण्डको प्रतिबद्धता प्राप्तहुंदा छाती चौड़ा भएको छ। मेरो समेत अनुरोधमा देश तथा बिदेशबाट पाल्नु भएका अतिथि-सहभागी मित्रहरुले मन खोलेर सहयोग गर्नु भयों सबै सबै सहयोगी मनहरूलाई नमन । हाम्रो सम्पूर्ण शुभकामना प्रतिष्ठा – तिमी आफ्नो लक्षमा सफल हुनेछौ ।“
उक्त च्यारिटी रकम ‘ब्यूटी विद अ पर्पोज’ हेल्पिंग चिल्ड्रेन वर्ल्डवाइड अन्तर्गत खर्च गरिने प्रतिष्ठाले बताएकी छन् । आफू प्रतियोगिताको लागि मात्र नभएर सदाका लागि मानसिक पीडामा परेकाहरुलाई सहयोग गर्ने भावना व्याक्त गर्दैगर्दा भावुक बन्न पुगेकी प्रतिष्ठाले आफ्ना आँशु थाम्न सकिनन् । मानसिक रोग एउटा जटिल समस्या भएपनि यसलाई सहज रुपमा लिने गरेकोले मानसिक रोगीहरुले धेरै पीडा भोग्नुपरेको उनले बताइन ।
प्रतियोगितामा विजय हुनको लागि च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ लगायतका विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । तेस्तै गरि पब्लिक भोटिंग अन्तर्गत मोबाइलबाट म्यासेज गरि भोट गर्नको लागि भोटिंग पनि खुल्ला भैसकेको छ । उनलाई भोट गर्नको लागि आफ्नो मोबाइलबाट MISS ENGLAND42 टाइप गरि 63333 मा म्यासेज पठाउनुपर्ने हुन्छ । भोटिंग गरेवापत प्रति म्यासेज ५० पेन्स चार्ज लाग्नेछ भने २४ घन्टामा एक व्यक्तिले ३० ओटा सम्म भोट हाल्न सक्नेछन । भोटिंग गर्ने अन्तिम मिति अगष्ट १ तारिख दिनको १२ बजेसम्म मात्र रहनेछ । २२ हजार आवेदकहरुमध्यबाट फाइनालिष्ट बन्न पुगेकी प्रतिष्ठा आगामी ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा ५४ प्रतिष्पर्धीबीच १० राउण्डमा मिस इंग्ल्याण्ड २०१९ फाइनलमा भिड्नेछिन ।
बेलायतको इतिहासमा नै पहिलोपटक मिस इंग्ल्याण्डको फाइनालिष्ट पुगेकी प्रतिष्ठालाई सहयोग गर्नको लागि सम्पूर्ण बेलायतवासी एक जुट भएका छन् । उनको विजय नेपाल र नेपाली लगायत सम्पूर्ण बेलायातवासीको लागि नै गौरवको विषय बन्ने छ । हङकङमा जन्मिएकी २६ वर्षीय प्रतिष्ठा भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी हुन् । १६ वर्षको उमेरदेखि नै मोडलिंग गर्दै आएकी प्रतिष्ठा युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिर्ण प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् ।
कार्यक्रमको पहिलो शरणको संचालन प्रसुना कंडेलले गरेकी थिइन् भने सम्पूर्ण बेलायात्वासीहरुको प्रतिनिधित्व गर्दै एनआरएन यूके अध्यक्ष योग कुमार फगामीले प्रतिष्ठा सम्पूर्ण नेपाल र नेपालीकै गौरव बोकेकी चेली भएकोले सबैले सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुद्वारा सांगीतिक कार्यक्रमद्वारा मनोरंजन प्रदान गरिएको थियो ।
फोटोको लागि यहाँ क्लिक गर्नुहोला





