तनहुँ : भुक्तानी दिएवापत घुस लिँदा लिँदै डिभिजन सडक कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा क्षेत्रीय कार्यालयले पौडेललाई ठेकेदार कम्पनीबाट घुस लिँदै गरेको अवस्थामा नगद एक लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
पौडेलले कामको भुक्तानी चेक दिएवापत वाइल्ड स्ट्रोङ निर्माण कम्पनी काठमाडौंका सुमित शाहीबाट रकम माग गरेको सूचनाका आधारमा स्टिङ अपरेशन गरेको अख्तियारका क्षेत्रीय प्रवक्ता मेघनाथ रिजालले बताए ।
अपरेशनका लागि अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट सुरक्षाकर्मीसहित टोली आएको थियो । पौडेलसँगै घुस दिने सुमित राना पनि पक्राउ परेका छन् ।
अन्नपूर्ण पोष्ट





