मनसुनी वर्षासँगै आएको बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा

काठमाडौं । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।

मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो ।

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् ।

त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् ।

ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ । रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने– बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ । उनले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तमिा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पु¥याउन सक्ने अनुमान गरिएको पनि उनले बताए।

अहिले आफूहरु आपतकालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए । उनले भने– बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकोले यसले अझै पनि ठूलो क्षति पु¥याउन सक्ने खतरा रहेको छ ।

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ नै बगाएको छ । त्यसैगरी नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति प¥ुयाएको छ । यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ ।

उता बङ्गलादेशमा पनि बाढीले ठूलो असर पु¥याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ । भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित