गोर्खा अनलाइन रेडियो यूके,
घुमौली नि कारैमा बनारसे सारी लाई, भेट हुन आउ है झम्के सांझैमा ।
चोखो माया लाइदिउला सुनैसुनले छाइदिउला,राख्नेछु मायालाई दिलको माझैमा ।।
हिन्दू नेपाली नारीहरुको महान पर्वको रुपमा रहँदै आएको तीजको अवसर पारेर नयाँ तीज गीत “रुना बरी लै” सार्वजनिक भएको छ । गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । यस अघि पनि नरेन्द्र बस्नेतले पापी घरैमा, चिटिक्कै मलाई सुहायो जस्ता लोकप्रिय गीतहरु सार्वजनिक गरिसकेका छन् ।
शंकर बीसीद्वारा निर्देशित यस गीतको म्यूजिक भिडियोमा शंकर बिसी र रीना थापा मगरको अभिनय रहेको छ । तेस्तै गरि भिडियोमा मधुर बस्नेतको छायांकन, नबिन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको शृंगार रहेको छ । गीतलाई मारुनी रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई गोर्खा रेडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
“रुन बरी लै ” भिडियो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=KUrBJEP7_ek[/embedyt]





