कुवेत आगलागीमा परेर तीन नेपालीको मृत्यु

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्।

मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ। आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको दूतावासले जनाएको छ।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित