बाढी-पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका १५ हजार नेपाली सेना परिचालित

काठमाडौँ । नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५ हजार फौज परिचालन भएको जनाएको छ।

परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सञ्चालन गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रता दिएको निर्देशनालयमार्फत जारी विज्ञप्तिमा उल्लेख छ।

सेनाले शनिबारदेखि हालसम्म बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा ४९५ जनाको सकुशल उद्धार गरेको छ भने बाढीरपहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिको खोजकार्यलाई जारी राखेको छ।

इलाम, धनकुटा, तेह्रथुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पामा खटिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सञ्चालन गर्ने कार्य भइरहेको छ।

यसैगरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर र काठमाडौँमा सेनाले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माण कार्यमा सहयोग पुर्याइरहेको छ।

सप्तरीमा सेनाले ८५ घरपरिवारलाई खाद्यान्नलगायतका राहत सामग्रीहरु वितरण गर्नाका साथै उदयपुरमा मेडिकल क्याम्प खडा गरी स्थानीयवासीलाई उपचारको प्रबन्ध गरेको छ भने बाढीबाट सिराहास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्यूनीकरण गर्न फौज खटिएको विज्ञप्तिमा उल्लेख छ।

सेनासँग भएका विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडौँमा हेलिकोप्टर तयारी अवस्थामा रहनाको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको छ।

साथै गृह मन्त्रालयबाट बाढी र पहिरो प्रभावित इलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित