काठमाडौँ । इन्डोनेसियाको वेस्ट पपुवाको पूर्वी क्षेत्रमा १५ यात्रु लिएर हिँडेको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी ११ जना वेपत्ता भएका आइतबार उद्धारमा खटिएका सरकारी अधिकारीहरूले बताएका छन्।
“शुक्रबार सोरोङबाट राजा आम्पातका लागि छुटेको उक्त डुङ्गा गन्तव्यनजिकै पुगेपछि डुबेको छ,” सञ्चारमाध्यमका लागि सूचना प्रमुख युसुफ लाटिफलाई उद्धृत गरी राष्ट्रिय उद्धार तथा खोजी कार्यालयले जनाएको छ ।
पानीका ठूला तरङ्गका कारण नियन्त्रण गुमाउँदा डुङ्गा दुर्घटना भएको युसुफले बताए ।
उद्धारकर्मीहरूले वेपत्ता ११ यात्रुहरूको खोजीलाई जारी राखेको बताइएको छ भने दुई जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
डिसी नेपाल





