महोत्तरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल बाढीले बगाएपछि छोटा तथा लामा दुरीका सवारी साधन बाटोमा नै अलपत्र परेका थिए । बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो ।
लगभग राती १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन् । बैकल्पिक सडक बर्दिबास-औरही-गौशाला-माइस्थान हुँदै सञ्चालनमा आएको छ ।
भब्सी खोलामा आएको भीषण बढीले भब्सी पुल बगाउँदा रातिदेखि नै सवारीहरु जाममा परेका थिए । करिब १२ बजेको समयमा बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जनाए ।
अन्नपूर्ण पोष्ट





