पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ।

दाङका ‘पत्रकार’ सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरिएको छ। अख्तियारले सवारी साधान चेकजाँचमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंहलाई पनि प्रतिवादी बनाएको छ।

सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार सिंहको घुस लिएको भिडियो बनाई बार्गेनिङ गरेको आरोपामा पत्रकार न्यौपाने र सिंहविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुविरुद्ध १ लाख ५ हजार २ सय रुपैयाँ बिगो मागदाबी छ।

घोराही उपमहानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार सिंहले चेकजाँच गर्ने क्रममा पत्रकार न्यौपाने परे। उनीसँग कागजात थिएन।

न्यौपानले दुई सय घुस दिए। त्यो घुस दिएपछि आफू पत्रकार भन्दै न्यौपाने प्रहरी हवल्दारसँग १ लाख घुस मागेर बार्गेनिङ गरे। घुस नदिए पत्रपत्रिका समाचार छापिदिने धम्की दिए। न्यौपानेको धम्कीपछि हवाल्दार सिंहले तत्कालनै ५ हजार रुपैयाँ दिए।

अख्तियारका अनुसार न्यौपानेले ५० हजारको चेक र ५० हजारको नगद लिए। २ सय घुसलिने हवाल्दार र एक लाख ५ हजार पैसा लिने पत्रकारलाई पक्राउ गरेर अख्तियार अुनसन्धान गरेको जनाएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित