Home > Blog > विरोधका लागि मास्क लगाएर हिँड्न थाले : प्रधानमन्त्री ओली

विरोधका लागि मास्क लगाएर हिँड्न थाले : प्रधानमन्त्री ओली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता जनाएका छन्। समाजवादी पार्टीका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले काठमाडौंमा माक्स लगाउन नपर्ने आफनो अभिव्यक्तिको बचाउ गरे।

प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले माक्स नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले माक्स लगाएर हिँडन थालेको दाबी गरे। ‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि माक्स लगाएर हिँडन थालेका छन,’ प्रधानमन्त्री ओलीको दावी थियो, ‘माक्स लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि माक्स लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिँदैन।’

प्रधानमन्त्रीले काठमाडौंको सडकमा मास्क लगाएर हिँड्नेको संख्या काम भएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको समाजिक संजालमा विरोध भएको थियो।

प्रधानमन्त्री ओलीले काँग्रेसप्रति संकेत गर्दै चुनाव हारेरको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने बताए। उनले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निस्तेज पारेर अघि बढन सरकार सक्षम रहेको बताए।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरे। प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने भन्दै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता व्यक्त गरे। ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1