Home > Blog > चोरी आरोपमा दुई पाकिस्तानी पक्राउ

चोरी आरोपमा दुई पाकिस्तानी पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ — मनी एक्सेन्जरबाट साउदी रियाल साटने बहानामा ९ सय डलर, ३ हजार साउदी रियाल र १४ सय चिनियाँ मुद्रा चोर्ने दुई पाकिस्तानीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

प्रहरीले मोहसिन खान र पूजा मोहसिन खानलाई राजधानीको झोंछेबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू यसअघि पनि चोरीमा संग्लन रहेको प्रहरीले जनाएको छ । उनीहरू वैशाख २९ गते भक्तपुरको सूर्यविनायकमा रहेको आरके इलेक्ट्रोनिक्सबाट ३० हजार, सोही दिन लोकन्थलीको हेका किचन स्टोर्सबाट ७० हजार र राइजिङ स्पोर्टर्स ग्यालरीबाट १ लाख ५० हजार चोरी गरेको आरोपमा पक्राउ परी वैशाख ३१ गते जनही ५० हजार धरौटीमा छुटेका थिए ।
कान्तिपुर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1