काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको महागढीमाई नगरपालिका ६ बाराका निर्वाचित वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध मुद्दा दायर गरेको छ। बरैविरुद्ध पौने ३ लाखको विगो मागदाबीसहित विशेष अदालमा मुद्दा दायर गरिएको छ।
सांसद विकास कोषबाट आएको रकमबाट विद्यालयको कम्पाउण्ड पर्खाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व नै उनले सेवाग्राहीसँग दुई लाख ७५ हजार घुस लिएका थिए। वडाध्यक्ष बरै र महागढीमाईका मुसहर बैठालाई अख्तियारको टोलीले नियन्त्रणामा लिएको थियो।
उनले नेपाल राष्ट्रिय माविको पर्खाल निर्माणको गर्नको लागि गठन हुने उपभोक्ता समितिको अध्यक्ष बनाइदिने, अध्यक्ष बनाउन नसकेमा उक्त निर्माण कार्य निजी सेवाग्राहीबाटै गराउने भन्ने बहाना बनाई घुसलिएका थिए।
वडाध्यक्ष बरैविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। मुद्दा दायरसँगै वडाध्यक्षबाट निलम्बित भएका छन्।
अन्नपूर्ण पोष्ट





