गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । ‘बामरी बामरी म भोलि गइहाल्छु बसे है रामरी’ गायिका प्रिती आलेसंगको यस गीतबाट चर्चाको शिखरमा पुगेका लोक गायक कुमार पुनको शिरमा फुल (सालैजो ) गीतको बेलायतबाट रिलिज गरिएको छ । गायक पुन सांगीतिक कार्यक्रमको शिलसिलामा हाल बेलायतमा बस्दै आएका छन् । लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गाएक पुनका थुप्रै लोकप्रिय गीतहरु सार्वजनिक भैसकेका छन् ।
खासगरी म्याग्दी सेरोफेरोको लोक्भाकालाई जगेर्ना गर्ने उद्देश्यले गाइएको उक्त सालैजो गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ भने लय शब्द पनि गायक कुमार पुनको नै रहेको छ । बेलायतस्थित फ्रिमली ग्रीनमा छायांकन गरिएको यस गीतको म्यूजिक भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायतको नृत्य हेर्न पाइनेछ
। म्याग्दी जिल्लाको भाषा र संस्कृतिलाई झल्काउने गरि तयार पारिएको यस गीतको म्युजिक भिडियो छायांकनको लागि लाई बेलायतस्थित म्याग्दी देवी स्थान समाजले सहयोग गरेको छ । मनोज गुरुङको निर्देशन, छायांकन तथा सम्पादन रहेको यस म्युजिक भिडियोमा छायांकन सहयोगीको रुपमा मनि गुरुङ र कोरियाग्राफी बद्री केसीको रहेका छन ।
‘शीरमा फूल’ गीतको म्युजिक भिडियो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=XVfteulJMpg[/embedyt]





