फेसबुकमा समस्या उत्पन्न

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझबाट विभिन्न समस्या उत्पन्न हुँदा विश्वभरका प्रयोगकर्ता हैरानीमा परेका छन् । फेसबुक, व्हाट्सएप र इंस्टाग्राममा पनि समस्या उत्पन्न भएको छ ।

उत्तर अमेरिका, दक्षिण अमेरिका यूरोप, एसिया र अफ्रिकाका फेसबुक प्रयोगकर्ता समस्यामा रहेको अर्को सामाजिक सञ्जाल ट्वीटरमा खबरहरु आएका छन् ।

खास गरि बुधबार साँझबाट फेसबुकमा तस्वीर नदेखिने समस्या उत्पन्न भएको छ । तर, यस्तो समस्या स्थानअनुसार फरक फरक भएकोसमेत बताइएको छ ।

फेसबुकले आधारिकरुपमा यो समस्याबारे केही उल्लेख गरेको छैन । के कारणले समस्या उत्पन्न भएको हो भन्नेबारे पनि केही खुलाइएको छैन । व्हाट्सएप, इंस्टाग्राम र फेसबुक एउटै कम्पनीका हुन् ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित