स्थानीय तहमा करीब साढे चार लाखको आवेदन

काठमाडौँ। स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन्। मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।

उनका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन्।

५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो। उनका अनुसार ती आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ।

आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ। सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित