गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । आगामी सेप्टेम्बर महिनामा हुन् गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनको लागि उपाध्यक्ष पदमा व्यवसायी सुनिल खड्काले उम्मेदवारी दिने भएका छन् । खड्का ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको सदस्य, गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार र परोपकार समितिको सदस्य सचिव र क्याट यूकेको उपाध्यक्ष समेत रहेका छन् । सफल व्यवसायीको रुपमा परिचित खड्का सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । आफ्नो समाज सेवा प्रतिको भावनालाई अझ बढि प्रभावकारी बनाउने अभिप्रायले गैरआवासीय नेपाली संघमा आवद्ध हुन् चाहेको उनले बताएका छन् । सबैप्रति सकारात्मक सोच बोकेर हिड्ने र सरल स्वभावका खड्का भन्छन ‘ सबै मानिसका गुणहरु सतप्रतिशत सकारात्मक हुन्छन भन्ने हुदैन तसर्थ आफूमा भएका कमि कमजोरीलाई सथिभाइहरुले औल्याइदिएको खण्डमा आफूलाई सुधार्ने अवसर मिल्ने थियो । साथीभाईहरुबाट राम्रा मात्र होइन नराम्रा कुराको बारेमा पनि जान्न र सल्लाहको अपेक्षा गर्न चाहन्छु ‘।
बेलायतमा हुने विभिन्न परोपकारी कार्यक्रममा सहभागिता जनाउदै आएका खड्काले गतवर्ष मात्र नेपालका विभिन्न क्षेत्रमा करिब ८ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् । खड्काले मानव सेवा आश्रमलाई ३ लाख ५० हजार, शिव कल्चर सेन्टरलाई १ हजार १ पौण्ड, आँखा दान केन्द्र चितवनलाई १ लाख ११ हजार १ सय १ र स्थानीय स्कुललाई १ हजार पौण्ड सहयोग गरेका छन् । साथै यसपटक पनि अन्य विभिन्न क्षेत्रमा सहयोग गर्ने तयारि भैरहेको बताएका छन् ।
उनले आफ्नै व्यक्तिगत पहलमा नेपालमा निरन्तर रुपमा विभिन्न च्यारिटी सम्बन्धि काम गर्दै आएका छन् । उनले नेपाली समुदायलाई मात्र नभई बेलायतका स्थानीय क्षेत्रमा पनि उत्तिकै सहयोग पुर्याउदै आएका छन् । भर्खरै मात्र वकिंगमा आयोजना गरिएको एक होमलेस व्यक्तीहरुको सहयोगार्थ गरिएको च्यारिटी कार्यक्रममा एक सय जना होमलेस व्यक्तिहरुको लागि निशुल्क खानपानको व्यबस्था गरिदिएका थिए, जाहा स्थानीय मेयरको समेत उपस्थिती रहेको थियो । साथै स्कुलहरुद्वारा गरिने विभिन्न कार्यक्रममा पनि उत्तिकै सहयोग पुर्याउदै आएका छन् । बेलायतमा झण्डै १ दशकदेखि रेष्टुरेन्ट लगायत प्रोपर्टी व्यवसायमा संलग्न रहँदै आएका छन् । यस्तै नेपालमा हस्पिटालीटी, हाइड्रो, रियलस्टेट क्षेत्रमा पनि उनको लगानी छ । सानै उमेरदेखि नै नेपालमा रेयुकाई, जेसिसंग आवद्ध रहँदै आएका खड्काको समाजसेवा र संघसंस्था प्रतिको मोह निरन्तर रुपमा अघि बढ्दै गैरहेको छ ।
सानै उमेरदेखिको आफ्नो लगाव र निरन्तर रुपमा समाज र देशप्रति पुर्याउदै आएको योगदानको आधारमा गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष पदमा रहेर काम गर्न सक्ने क्षमताका साथै आफूमा पनि साहस भएकोले नै यसपटक उपाध्यक्ष पदमा उमेद्वारी दिन लागेको खड्काले बताएका छन् । बेलायतस्थित विभिन्न संस्थामा आवद्ध भइ यहाँका नेपाली समुदायबीच परिचित भैसकेका खड्कालाई बेलायतवासी नेपालीहरुको पूर्ण रुपमा साथ् मिल्नेमा उनि विश्वस्त छन् ।





