‘अहिले प्रधानमन्त्री र मन्त्रीहरु परिवर्तन गर्नुहुँदैन, पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दीपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन्।

उनले भने, ‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ। अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन। यसले अस्थिरता निम्त्याउँछ।’

खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे। उनले भने, ‘यदि यो पाँच वर्ष हेलचेक्र्याँई गरियो भने मुलुक २५ वर्ष पछि पर्छ।’ उनले थपे, ‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? भन्दै प्रश्नसमेत गरे। उनले भने, ‘सरकार स्थायी छ, यो सरकारलाई हामीले आवश्यक सहयोग गर्नुपर्छ।’ यद्धपी सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको उनको आरोप छ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मुलुकमा अहिले भ्रष्टाचार पनि व्याप्त रहेको सुनाए। उनले भने सरकारको दम्भको कारण संखुवासभामा हिजोमात्रै गोली चलेको घट्ना सुनाउँदै के मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको हो त ? भनेर प्रश्न गरे।

विकास खर्चको बारेमा पनि सरकार चुकिरहेको र असारमात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिएको उनको आरोप छ। उनले भने, ‘अहिले सरकारले पिचमाथि पिच गरिरहेको छ। जहाँ पिच गर्नुपर्ने थियो, त्यहाँ गर्दैन तर पिच भएको ठाउँमा चाहीँ पिच गर्छ। पुतलीसडकमा पिच गर्छ, यो त हाम्रो बेथिति हो।’

अहिले मुलुक बनाउने बेला भएकोले सरकारमा बसेकाहरु जिम्मेवार हुनुपर्ने उनको धारणा छ। उनले भने, ‘मुलुक बनाउने जिम्मेवार ओहोदामा बस्नेहरु झनै जिम्मेवार बन्नुपर्छ।’ वर्तमान सरकार सफल हुन नसकेको भएपनि काम गर्नको लागि अझै समय रहेको उनको भनाई छ।

उनले भने, ‘अहिलेको व्यवस्थालाई स्थिर बनाउनको लागि पनि यो सरकारलाई काम गर्न दिनुपर्छ। पाँच वर्ष प्रधानमन्त्री र मन्त्रीहरु हटाउनुहुँदैन्।’

सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाई छ। उनले वर्तमान सरकार धेरै ठाउँमा चुकेको पनि खड्काले आरोप लगाए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित