बझाङ । बुङगल नगरपालिका २ गिरौतार्के बगरस्थित सडकमा सोही ठाउँ बस्ने २१ वर्षीया ललीता धामी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन्।
उक्त घटना शंकास्पद रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङगलबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





