डिजे पड्किँदा युवाको मृत्यु

बर्दिवास । महोत्तरीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ।

सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

मिथिलामा विवाहको विधिमै दुलहालाई बस्ती घुमाउने परम्परा छ । यसै क्रममा आज बिहान झिसमिसेपूर्व नै यो घटना भएको प्रहरीले जनाएको छ।

विद्युत् चुहिएर रथबाट ढलेका पण्डितलाई तत्काल जनकपुर अञ्चल अस्पताल पुर्याइएको थियो। चिकित्सकले त्यहाँ पण्डितलाइ मृत घोषित गरेका थिए।

घटनापश्चात डिजे बाजासहित विवाहमा आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्लामा २०६४ सालदेखि नै डिजेले ध्वनी प्रदूषणसँगै दुर्घटना बढाएको भन्दै यसको प्रयोगमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। तर, डिजे प्रतिबन्धको प्रभावकारी अनुगमन र अनुशरण नगरिदा बर्सेनी यससँग जोडिएर दुःखद घटना हुँदै आएका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित