विशेष अदालतद्वारा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकलाई सफाई

काठमाडौं। विशेष अदालतले भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार जना पूर्व महानिरीक्षकलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई सफाई दिएको हो।

सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो।

प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो।
२०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।
वन्त पदबाट निलम्बन भएपछि २०७२ माघ १८ मा उनीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको थियो। पूर्व आईजीपी श्रेष्ठसहित ४ जनाविरुद्ध माघ २४ मा मुद्दा दायर गरिएको थियो। वलीसहित ३ जनाविरुद्ध माघ २९ र बस्नेतसहित ७ जनाविरुद्ध फागुन १७ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित