काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा सर्वाच्च अदालतको २०७५ असार ३६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार प्रतिवादी पाल्पा खानीगाउँकी ५८ वर्षीया टिका कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगार ब्यबसाय संचालन गर्ने ईजाजतपत्र वेगरनै वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम ठगी गरी फरार रहेकी थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले महाराजगंज काठमाडौंबाट पक्राउ गरेको हो।
थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ।
डिसी नेपाल





