गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, गोर्खा भीसीहरुको स्मरणमा हरेक वर्ष आयोजना गरिंदै आएको गोर्खा भीसी कप यस पटक पनि आउँदो जुलाई ६ तारिख शनिबारका दिन लन्डनको फेल्थमस्थित स्प्रिंगवेल्स एकेडेमी (फेल्थाम कम्युनिटी कलेज) मा आयोजना हुने भएकोछ । भीसी कप जस्तो महत्वपूर्ण पदक प्राप्त गर्ने वीर गोर्खालीहरुको सम्मन्नार्थ उक्त कार्यक्रम गर्दिया आइएको हो । गोर्खा नेपलिज कम्युनिटी हंस्लोको सयोजकत्वमा हुने उक्त भीसी कपमा नेपाली संघसंस्थाका प्रतिनिधि खेलाडी लगायत स्थानीय काउन्सिलका प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ । उक्त दिन हुने फुटबल प्रतियोगितामा मेन टिम अन्तर्गत १८ वर्ष उमेर माथिका, भेट्रान टिम अन्तर्गत ३८ वर्ष उमेर माथिका रहनेछन भने यसपटक अन्डर १६ का खेलाडीहरुको पनि सहभागीता रहने गोर्खा नेप्लिज कम्युनिटीका खेलकुद सचिव लाल रोका जानकारी दिएका छन् ।
भीसी कपमा सहभागी हुने टिमको लागि दुई सय पाउन्ड प्रवेश शुल्क राखिएको छ । मेन टीम अन्तर्गत १६ वटा टीम र भेट्रानतर्फ ८ वटा टिम रहने आयोजकले जानकारी दिएको छ । मेन टीम अन्तर्गत विजयी हुने टीमले एक हजार पाउण्ड नगद र ट्रफी प्राप्त गर्नेछन भने रनर अपले पांच सय पाउण्ड नगदका साथै ट्रफी प्राप्त गर्नेछन भने भेट्रानतर्फ विजय हुनेले पांच सय पाउण्ड नगद तथा ट्रफी र रनर अपले तीन सय पाउण्ड नगद तथा ट्रफी हात पार्नेछन । साथै अन्डर १६ तर्फ विजयी हुनेले विनर कप तथा मेडल र रनर अपले ५० पाउण्ड नगदका साथै मेडल प्राप्त गर्नेछन ।
गोर्खाहरुद्वारा पाइपरपर धुन, मार्चिंग परेड लगायत कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि धौलागिरी नौमती बाजाको पनि उपस्थिति रहनेछ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा नेपाली संगीत, नेपाली सस्कृति र परिकारहरुका साथै बिबिक्यूको पनि व्यबस्था गरिने छ । कार्यक्रमलाई सफल पार्नको लागि आयोजकको तर्फबाट सम्पूर्ण बेलायातवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि
लाल रोक्का – 07882763077 ,
साहश गुरुङ – 07454200828 र
पिताम्बर राना – 07969134266 लाई सम्पर्क गर्न सकिनेछ ।
१०औं भीसी कपमा धौलागीरी नौमती बाजा घंकिन्दै
१०औं भीसी कपमा धौलागीरी नौमती बाजा घंकिन्दै
तपाईको प्रतिक्रिया





