गोर्खा अनलाइन रेडियो यूके,

आज असार १५ अर्थात धान दिवस जसलाई दहीचिउरा खाने दिनको रुपमा पनि मान्ने गरिन्छ । हाम्रो देशमा हरेक वर्ष असार १५ मा धान रोप्ने दिनको अवसर पारी दहीचिउरा खाने गरिन्छ । असार १५ मा दहीचिउरा खानाले गति परिन्छ भन्ने परम्परा रहँदै आएको छ । चिउरा कार्बोहाइड्रेडको स्रोत भएकोले दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने भएकोले स्वास्थ्यको दृष्टिकोणले पनि दहीचिउरा खानु उत्तम मानिन्छ । असारको समय खेतिपातीको समय भएकोले कृषि पेशा अगाल्ने हरुको लागि निकै नै महत्वपूर्ण हुने गर्दछ । तेसैले मानो खाएर मुरी उब्जाउने समय भन्ने गरिन्छ । ‘असारको १५ मा दहीचिउरा खानु , साउनको १५ मा खिर’ भन्ने भनाइ पनि रहँदै आएको छ ।
मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । आजको दिनमा अधिकांश नेपाली खेत खेतमा भेटिन्छन् । वि.स. २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउदै आईएको हो भने दहीचिउरा खाने प्रचलन भने निकै पहिला देखि नै चल्दै आएकोछ । सामाजिक संजालको बढ्दो प्रचलनले गर्दा नेपाली समाजमा परम्परागत रुपमा मान्दै आएका चाडपर्व र प्राचिन गतिविधिहरु पनि समाजमा मौलाउदै गएको पाइन्छ ।
फोटो साभार अनलाईन
आज आसारको पन्ध्र धान दिवस तथा दहीचिउरा खाने दिन
आज आसारको पन्ध्र धान दिवस तथा दहीचिउरा खाने दिन
"वि.स. २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउदै आईएको हो "
तपाईको प्रतिक्रिया






