जीप दुर्घटना हुँदा एकको मृत्यु एक बालिका घाईते

बागलुङको बरेङमा शनिवार बिहान यात्रुवहाक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७५ बर्षिया बिष्णुमायाँ खत्रीको मृत्यु भएको हो । रोकी राखेको जिप आकश्मात गुडेर पल्टीदाँ खत्रीको मृत्यु भएको र अर्का एक जना घाईते भएका प्रहरीले जनाएको छ ।
गाडी सुदला चोकमा रोकेर राखेर चालक हिरा काउचा यात्रु बोलाउन गएका थिए । नजिकै यात्र् बलाउन गएका उनी नफर्किंदै गाडि गुडेर पल्टेको थियो । खत्री अत्तालिएर जीपबाट हाम फाल्दा छातीमा चोट लागेको स्थानियले बताए । घाइते खत्रीलाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी चौकी बरेङ डाँडाले जनाएको छ ।
दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीय टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जिपमा ४ जना यात्रु सवार थिए ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित