आफ्नै श्रीमानको कुटाईबाट महिलाको मृत्यु

गुलरिया : बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो ।

श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

केशरबहादुरलाई तत्काल नियन्त्रणमा लिइ कर्तब्यज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको भारतीले जानकारी दिए । उनलाई बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित