काठमाडौं । बिहीबार राती राजधानी काठमाडौंबाट नजिकै धादिङ केन्द्रविन्दु बनाएर भूकम्पको गएको छ । भूकम्प मापन केन्द्रका अनुसार धादिंङको खरि र चैनपुरको बीचमा केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा भूकम्पको झट्का महशुस गरिएको हो ।
राजधानी काठमाडौंमा भूकम्पको झट्का खासै महशुस नभए पनि धादिङमा भने महशुस गरिएको छ । धादिङमा रहेका पत्रकार हरिहरसिंह राठौरले निकै महशुस गरिएको बताएका छन् । उनले आफु भूकम्पको झट्का महशुस भएपछि घरबाट बाहिर निस्केको बताएका छन् । अन्य मानिसहरु पनि राति घरबाट बाहिर निस्किएका थिए ।
पछिल्लो पटक जाजरकोट केन्द्रबिन्दु बनाएर गएको जेठ ३२ गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
डिसी नेपाल





