मिडियाकर्मी संजय र निरुको रोमांश सार्वजनिक

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । पत्रकार महासंघ बेलायत शाखा र अन्तराष्ट्रिय कलाकार संघ बेलायतका महासचिव समेत रहेका मिडियाकर्मी संजयभक्त कँडेलद्वारा अभिनित “नजरमा लुकाउ कि” बोलको गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रा.ली.को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । बेलायतको सेरोफेरोमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा संजयभक्त कंडेल र निरु कोइरालाको रोमांश हेर्न पाइनेछ ।

यस गीतमा पूर्व प्राध्यापक समेमत रहेका  अधिकारीको स्वर तथा शब्द रहेको छ भने सुनिल राईले संगीत भरेका छन् । प्रभु गुरुंगको निर्देशन, नविन निरौलाको सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकनमा गुणदेव घिमिरेलाई आशिष श्रेष्ठ र सुमन श्रेष्ठले साथ दिएका छन् । गीतलाई  विनोद भुजेलले एरेन्ज गरेका छन् भने श्रृंगारमा एलिसा बानियाँले सहयोग गरेकी छन् । तेस्तैगरी कोरियोग्राफी टीममा भने प्रभु र सुस्मिता रहेका छन् ।

“नजरमा लुकाउ कि” बोलको गीतको म्यूजिक भिडियो हेर्नुहोस् ।

[embedyt] https://www.youtube.com/watch?v=85CTl1mswX8[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित