काठमाडौं। पछिल्लो समय अत्याधिक चर्चामा रहेको गलबन्दी विवाद मिलेको छ । प्रकाश सपुतको यो गीतमा अर्का गायक शम्भु राइको गीतको लय चोरिएको भन्दै यो गीग विवादित बनेको थियो । यो विवादले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा समेत चर्चा पाएको थियो ।
अब भने यो विवाद सहमतिमा पुगेर टुंगिएको छ । प्रकाश सपुतले गीतमा शम्भु राईलाई क्रेडिट दिने भएपछि विवाद सहमतिमा सकिएको हो । शम्भु राईले पनि यसवापत कुनै आर्थिक क्षतिपूर्ति नमाग्ने सहमति अएको छ ।
डिसी नेपाल





