गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । आगामी सेप्टेम्बरमा हुन गइरहेको गैर आवासीय नेपाली संघ बेलायतको नवौं कार्यसमितिका लागि महिला उपाध्यक्षमा रोजिना प्रधान राईले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छन् । बेलायती नेपालि समाजमा परिचित नाम रोजिना रोजिहिरा फाउण्डेशनकी अध्यक्ष, ब्लाइन्ड रक्स यूकेको उपाध्यक्ष, किरात राई यायोख्या महिला विभागको महासचिव, नेप्लिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयूमन राइट्स यूकेको सदस्य समेत रहदै आएकीछन । आफ्ना मातापिता, श्रीमान हिराधन राई, सासु ससुरा र अग्रजहरुद्वारा पाएको प्रेरणास्वरूप गरिब दुःखीहरुको घाउमा मल्हम लगाउने काममा स्वस्फुर्त रुपमा अघि बढेकी उनले बताएकी छन् । नेपालमा गएको विनासकारी भूकम्प लगायत नेपालका बिकट र ग्रामिण क्षेत्रमा समेत रोजिनाले सहयोग पुर्याउदै आएकी छन् । उनले खोटांग जिल्लामा इ- लाइब्रेरीको पनि स्थापन गरेकी छन् ।सामाजिक सेवाप्रतिको उनको कार्यका लागि विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन् । रोजिनाले टुडेज वुमन, गुन्युचोली तथा सांस्कृतिक पोशाक, राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल जस्ता अवार्ड पनि हात पारेकी छन् ।
उनले एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी छन् भने युनिभर्सिटी अफ वेष्ट लन्डनबाट नर्सिंङ सम्बन्धि अध्ययन गरेकी छन् । महिला हक हित, सशक्तिकरण र समाजसेवामा केन्द्रित रहेर काम गर्ने बताउदै आफ्नो अभियानमा साथ दिन समस्त बेलायतवासी नेपालीहरु समक्ष अपिल गरेकी छन् । समाजसेवाप्रतिको आफ्नो भावनालाई गरिब दुखिहरुसमक्ष पुर्याएर सामाजिक सेवालाई अगाडी बढाउँ आफूले उपाध्यक्ष पदमा उमेद्वारी दिन लागेको रोजिनाले बताएकी छन् ।