गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । बेलायती नेपाली समाजमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचनले निकै चर्चा परिचर्चा पाइरहेको छ भने उमेद्वारी घोषणा गर्ने र सदस्यता बनाउने क्रम पनि तीव्र रुपमा बढ्दै गइरहेको छ । एनआरएनए यूके महिला संयोजकमा नरसिंग सेवामा आवद्ध कालाकार एवं मोडलको रुपमा परिचित प्रसुना कंडेलले उमेद्वारी दिने भएकी छन् । सन् २००५ बाट यूकेमा रहंदै आएकी प्रसुना क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट तथा रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलेप्मेन्ट एन्ड हेल्थ एन्ड सेफ्टी प्रतिनिधी पनि हुन् । सामाजिक सेवामा अग्रणी भूमिका निभाउदै आएकी प्रसुना नेपालको धादिंग जिल्लाम्मा जन्मिएकी हुन् । नेपालमा गएको बिनासकारी भुकम्पमा पनि नेपालका काठमाडौं, सिन्धुपाल्चोक, भक्तपुर लगायतका नौ वटा जिल्लामा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको तर्फवाट खटिएकी थिईन् । माईती नेपाल, मानव सेवा आश्रम, रेन्बो चाईल्ड फाउण्डेसन, रत्न अश्रम लगायताका मानव परोपकारी संस्थाका लागि थुप्रै पटक काम गरेकी उनी हेल्प नेपाल नेटवर्कको १० करोडको अक्षयकोषका लागि समेत संयोजकका रुपमा काम गरेर थुप्रै अनुभव बटुलिसकेकीछन । नेपाल सरकारद्वारा घोषणा गरिएको भिजिट नेपाल २०२० को लागि नेपाली दूतावास लन्डनद्वारा गठित महिला कमिटीमा समेत रहेकी प्रसुना नेप्लिज वुमन एसोसिएसन युके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव पदमा रहेर पनि काम गरिसकेकी छन् । हाल उनि वुमन एसोसिएसनको सदस्य समेत रहेकी छन् ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष तथा एनआरएनए यूके सल्लाहाकार कंडेलले सामाजिक हित र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राखेर महिलाको भूमिका निर्वाह गर्न आफू सक्षम रहेको बताएकी छन् । नेपालली कला संस्कृति र परम्परालाई सरक्ष्ण र सम्बर्धन गर्दै एक सफल कलाकारको रुपमा परिचित प्रसुनाले फिचर फिल्म, नाटक, फिल्म, सर्ट मुभी, म्युजिक भिडियो, र्याम्प तथा बिभिन्न म्यागेजनिका लागि काम काम गरिसकेकी छन् भने थुप्रै अवार्धरुद्वारा सम्मानित पनि भैसकेकीछन । सामाजिक सेवा, सामाजिक भावना र निस्वार्थ रुपमा एनआरएनए यूकेमा महिला सहभागिताको महत्व र नेतृत्व क्षमतालाई सामुदायिक हितमा प्रयोग गर्ने उद्येश्यले आगामी सेप्टेम्वरको दोस्रो साता हुने निर्वाचनमा यूके महिला संयोजकमा आफ्नो उमेद्वारी दिने घोषणा गरेको प्रसुनाले बताएकी छन् ।
फोटो- प्रसुनको फेसबुकबाट





