Breaking News
Home > Blog > लोकसेवाको विज्ञापन संविधानसम्मत : मन्त्री पण्डित

लोकसेवाको विज्ञापन संविधानसम्मत : मन्त्री पण्डित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा सरकारको विश्वास रहेको छ ।’

लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विज्ञापन रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।

मन्त्री पण्डितले कर्मचारी नियुक्ति, सरुवा, बढुवा र पदास्थापन प्रचलित कानून बमोजिम भइरहेको बताए । ‘यसमा कुनै नातावाद, कृपावादको कुनै गुञ्जायस छैन’, उनले भने ।
अनलाइन खबर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1