बलात्कारका घटनामा प्रहरीदेखि आफन्त संलग्न

नारायणपुर। पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन्। दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो ।

यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले छ महीना कैद, रु दुई हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो।

जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्नाका साथै यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए।

२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका– ११ का महेश भनिने भुवन धिताललाई गत चैत १३ गते बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गर्यो । अहिले ती व्यक्ति जबर्जस्ती करणी सम्बन्धी मुद्दामा पूर्पक्षमा छन्।

सोही अपराधमा घोराही उपमहानगरपालिका– १४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पूर्पक्षमा छन् । एघार वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा छ महीनादेखि बलात्कार गरेको उनीमाथि अभियोग छ ।

यसैगरी ११ वर्षीया बालिकालाई सल्यानबाट दाङ ल्याएर बलात्कार गरेको अभियोग लागेका सल्यानका २२ वर्षीय पुरुषोत्तम दमाइँ पनि पूर्पक्षका लागि कारागारमा छन् ।
बितेको छ महीनामा दाङमा ४२ बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष ५१ बलात्कार तथा बलात्कारका प्रयासका घटना भएका थिए ।
४२ बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ शाखा प्रतिनिधि जेएन सागरले बताए।

बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ। उक्त अदालतका न्यायधीश हेमन्त रावलले पीडितलाई समयमा न्याय दिन नसकिए न्याय दिनु नदिनु सरह हुनजाने बताए।

“विभिन्न अध्यानले नेपालमा बालिकाको संरक्षण आवश्यक देखिन्छ ।” उनले भने,“अपराधीलाई कारागार हाल्नु त छदैछ, समाजलाई नैतिकवान बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।”

बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा)बाटै संलग्न भएको पाइन्छ । तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय मानबहादुर गुरुङलाई एक ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिका एक प्रौढलाई आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ।

समाजमा सचेना र जागरण बढेपछि यौन हिंसा बाहिर आउनथालेको महिलाअधिकारकर्मी बताउँछन् । हिजो पुरानो मान्यता थियो, पीडित आफै दोषी हुनुपर्ने अवस्था थियो तर अव समाजमा चेतना बढेको र कानूनी ज्ञान पनि भएकाले घटना बाहिर आउने गरेको महिला अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले बताइन्।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित